अनलाइनमार्फत यौन दुव्र्यवहारजन्य सन्देश पठाएको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन्।
बिज्ञापन
उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ परेको हो। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन्। इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिज्ञापन
पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।








