गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ। भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन्।
बिज्ञापन
उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए। गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो।
बिज्ञापन
सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन्। चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।








