होमपेज > डस्टबिनभित्र नवजात शिशुको शव ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले गरे फालेको स्वीकार

डस्टबिनभित्र नवजात शिशुको शव ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले गरे फालेको स्वीकार

बिज्ञापन
बिज्ञापन

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकरसहितको सहयोगमा अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय, प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार बिहीबार राति नै शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको हो । दुवै नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

बिज्ञापन

स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको बस्यालले जानकारी दिए । ‘मेडिकल जाँच गर्दा मृत भेटिएको शिशु जन्मिएको ५र६ दिन भएको पाइयो,’ डीएसपी बस्यालले भने, ‘पक्राउ परेकी किशोरीले पनि आफूले उक्त बच्चा फालेको स्वीकार गरेकी छिन् ।’

तीनै किशोरीको थप बयानबाट प्रहरीले १८ वर्षीय एक किशोरलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालत प्यूठानबाट शुक्रबार म्याद थप गरेर ती किशोरमाथि अनुसन्धान भइरहेको छ । शिशुको हत्या आफू एक्लैले गरेको किशोरीले प्रहरीलाई बयान दिएकी थिइन् । ‘शिशुको शव आफू एक्लै फ्यालेको किशोरीले स्वीकारिन्,’ अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक केशव केसीले भने, ‘ती शिशुको मृत्यु हुँदा युवक नभए पनि उनीहरूबीच सम्पर्क भइ रहेको देखिन्छ ।’

बिज्ञापन

प्रहरी स्रोतका अनुसार किशोरीको बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको सिलसिलामा दुबईमा छिन् ।पक्राउ परेपछि ती युवतीले तीन महिनासम्म आफू मोटाएको हो कि भन्ने लागेको प्रहरीसमक्ष बताएकी छिन् । ९ महिना पुगेपछि नै बच्चालाई जन्म दिएको किशोरीले प्रहरीलाई बताएकी छिन् । ‘बच्चा रुन थालेपछि मुख थुन्दा मृत्यु भएको उनले बताएकी छिन्,’ ती प्रहरी अधिकारीले भने ।

यद्यपि बच्चा कति समयमा जन्मिएको भन्ने खुलाउन मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।अझै पनि सालनाल झरिनसकेका कारण अहिले उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि भर्ना गरिएको छ । अनुसन्धानका क्रममा किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी रहेको खुलेको छ । बुवा गुमाएकी र आमा विदेशमा भएकी ती किशोरी पढ्नका लागि भन्दै आफन्तकोमा बस्दै आएकी थिइन् । किशोर भने सरुमरानी गाउँपालिकाकै हुन् । थप अनुसन्धान भइरहेको डीएसपी बस्यालले बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते