होमपेज > बुधबार नेप्से परिसूचक स्थिर

बुधबार नेप्से परिसूचक स्थिर

बिज्ञापन
बिज्ञापन

बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। गत कारोबार दिन अर्थात् सोमबार २५९४.१३ विन्दुमा बन्द भएको नेप्से बुधबार २५९५.९६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।

बिज्ञापन

सोमबार ६ अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा बुधबार ५ अर्ब ८२ करोडको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८३ करोड रूपैयाँ कमी आएको हो। आज २९९ वटा धितोपत्रको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर किनबेच भएको हो। बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन दोल्ती पावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

बिज्ञापन

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८४ रूपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ९।८१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ६५७ रूपैयाँ पुगेको छ। बुधबार न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८५ रूपैयाँ कायम भएको छ। यस्तै पोखरा फाइनान्सको मूल्य ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४८१ रूपैयाँ १० पैसामा झरेको छ।

बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८७ रूपैयाँमा ३२ करोड ४९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५८ प्रतिशत बढेको हो। सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सुपर मादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६५७ रूपैयाँमा ३० करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको घटेको हो।

बिज्ञापन

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते