अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्।
बिज्ञापन
नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको छ।
बिज्ञापन
पछिल्लो समय नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै जर्मनीबाट नेपाल आएकी तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन्।








