हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ। हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन्।
बिज्ञापन
चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन। विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ। हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका-१ पिसाङका किसान मुखिया गुरुङले सुनाए।
बिज्ञापन
ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए। उनले भने, ‘भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ।’ आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उहाँले हिउँ पर्दा खुसी लागेको बताए। हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ। किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतको उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ।
दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए। नासो गाउँपालिका-८ ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए।
बिज्ञापन








