चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ।
बिज्ञापन
सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ। साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।








