नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
बिज्ञापन
आज अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको विनियमदर हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही मुद्राको मूल्यमा गिरावट आएको छ। त्यसैगरी युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। शनिबार अमेरिकी डलरले नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। अमेरिकी डलर विगत तीन दिनदेख सोही मूल्यमा कारोबार भइरहेको छ।
बिज्ञापन
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ १० र बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०९ र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा छ।त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ।
बिज्ञापन
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा छ।








