रौतहटमा एक पुरुष १६ वर्षपछि पक्राउ परेका छन्।
बिज्ञापन
उनी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका हुन्। कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
बिज्ञापन
पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको उनले बताए। उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ। शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो। त्यसबेलादेखि जितन फरार थिए।








