होमपेज > बच्चाका लागि प्रयोग भइरहने चारवटा चीज जुन उनीहरुको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ

बच्चाका लागि प्रयोग भइरहने चारवटा चीज जुन उनीहरुको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ

बिज्ञापन
बिज्ञापन

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ । बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका लागि राम्रो भनिन्छ । बच्चाको सुविधाका लागि धेरै कुरा प्रयोग गर्ने हाम्रो चलन छ । तर ती सबै उपलब्ध सामग्री बच्चाका लागि प्रयोग गर्नु ठीक नहुने चिकित्सकहरु बताउँछन् ।

बिज्ञापन

.गाजल

बिज्ञापन

नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ । गाजलले बच्चाको आँखामा जलन हुने वा चिलाउने भएकाले गाजल प्रयोग नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ ।

बिज्ञापन

गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने हुन्छ । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ । बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति पुग्न सक्छ ।

.ट्याल्कम पाउडर ‘बेबी पाउडर

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार बच्चालाई बेबी पाउडर लगाउनु अनिवार्य छैन । धेरै अध्ययनले देखाएका छन् कि पाउडर बच्चाको स्वास्थ्यका लागि फाइदाजनक छैन । यसको कण एकदमै सानो हुन्छ, जसले सासको माध्यमबाट शरीरमा प्रवेश गरेर बालबालिकाको फोक्सोलाई हानि पुर्‍याउँछ । ट्याल्कम पाउडरले बच्चालाई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ र क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।

.बेबी वाकर

बेबी वाकर बच्चाको विकासमा हानिकारक हुन्छन् । वाकरले बच्चालाई हिंड्नका लागि उसको मांसपेशीहरू गलत रूपमा प्रयोग गर्न सिकाउँछ । यति मात्र होइन, वाकरको प्रयोगका कारण धेरै बालबालिका ढिलो हिंड्न थाल्छन्, किनभने वाकरको सहायताले हिंड्दा बच्चाले छिटो सन्तुलन सिक्न सक्दैनन् ।

वाकरको अत्यधिक प्रयोगले खुट्टा भित्रतिर झुक्छ, जसले बच्चाको खुट्टामा दबाब दिन्छ । धेरै अनुसन्धानका अनुसार वाकरको सहारा लिएर हिंड्ने बालबालिकाको विकास वाकर प्रयोग नगर्ने बालबालिकाको तुलनामा कम हुन्छ ।

.अगरबत्ती

अगरबत्तीबाट निस्किने धुवाँले बालबालिकाको श्वासप्रश्वासमा अवरोध पुर्‍याउन सक्छ, जसले गर्दा श्वासनली साँघुरो हुन्छ र श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ । त्यसैले घरमा पूजा गर्दा तीन वर्षमुनिका बालबालिकालाई अगरबत्ती, हवन वस्तु आदिको धुवाँबाट टाढा राख्नु उपयुक्त हुन्छ । साथै ६ महिनामुनिका बच्चालाई लामखुट्टेबाट जोगाउन कोइला वा इलेक्ट्रोनिक लामखुट्टे रिपेलेन्टको प्रयोग गर्नु हुँदैन । यसबाट निस्किने धुवाँ पनि बच्चाको लागि हानिकारक हुन्छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते