होमपेज > कुकुर मार्ने दुई जना पक्राउ

कुकुर मार्ने दुई जना पक्राउ

बिज्ञापन
बिज्ञापन

निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । अमनले राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए । उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो ।

बिज्ञापन

यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते