होमपेज > मकवानपुरमा मानिस र बाख्रा मार्ने बाघ नियन्त्रणमा

मकवानपुरमा मानिस र बाख्रा मार्ने बाघ नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

मकवानपुरमा मानिस र बाख्रा मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ।

बिज्ञापन

मंगलबार साँझ सवा ७ बजे मनहरि गाउँपालिका वडा नम्बर ५ बसन्तपुरको सुकौरा खोलाबाट एउटा बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सुकौरा खोलामा एम्बुस थापेर बाघ नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

पर्सा वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र चारवटा हात्तीसहित खटिएको टोलीले उक्त बाघलाई नियन्त्रणमा लिएको हो। बाघको सोमबारदेखि खोजी सुरू भएको थियो। अहिले उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षण लगिएको छ। बसन्तपुरको वडा कार्यालय नजिकै बस्ने धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीय कान्छीमाया रुम्बा आइतबार मृत फेला परेकी थिइन्।

अपराह्न ४ बजेतिर नजिकै बारीमा घाँस काट्न गएको बेलामा अबेरसम्म नफर्किएपछि घरपरिवारले खोजी गर्न थालेका थियो। घरबाट ५०० मिटर पूर्वतिर बारीमा उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनको शरीरमा बाघले आक्रमण गरेका चोटहरू थिए।

बिज्ञापन

त्यस्तै सोमबार बिहान ५ बजे बसन्तपुरकै सूर्यबहादुर मोक्तानको घरनजिकैको खोरमा सात वटा बाख्रा मारिएको अवस्थामा फेला परेको थियो। एउटा बाख्रा भने बाघले जंगलमै लिएर गएको थियो। यसरी एक जना मानिस र बाख्रा मारेपछि बाघ नियन्त्रणमा लिन टोली खटिएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते