धनकुटामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
बिज्ञापन
चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेखबहादुर लिम्बु पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो। उनी विरूद्ध १४ बर्षीया बालिकालाई ललाईफकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरी छ।
बिज्ञापन
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








