मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ। मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु छिन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन्। बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत फेला पारेका थिए। स्थानीयले उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन्।
बिज्ञापन
यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। यसअघि पुस ५ गते सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया गंगामाया मगर (श्रेष्ठ)को जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।








