साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ। नेप्सेमा आइतबार ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २६०९.८९ अंकमा आइपुगेको हो।
बिज्ञापन
नेप्सेमा आएको गिरावटसँगै पुँजीकरणमासमेत ०.८० प्रतिशतले गिरावट आएको छ। आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ। २ वटा कम्पनीको शेयर मूल्यमा भने तटस्थ रह्यो।
बिज्ञापन
आजको कारोबारमा लघुवित्त, म्यूचुअल फन्ड र अन्य सूचकमा रहेका कम्पनीका शेयर मूल्यमा सुधार आयो भने अन्य सबै सूचक नकारात्मक रहे। जसमध्ये नेप्सेमा आज शेयर कारोबार भएका मध्ये महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सर्पोट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए।








