होमपेज > तापक्रममा एक्कासी आएको गिरावटका कारण तीन शिशुको मृत्यु

तापक्रममा एक्कासी आएको गिरावटका कारण तीन शिशुको मृत्यु

बिज्ञापन
बिज्ञापन

प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ ।

बिज्ञापन

दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन् । खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मङ्गलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन् ।

बिज्ञापन

“तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,” उनले भने । गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू विरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।” “टेन्टले चिसोबाट जोगाउँदैन, र रातको समयमा धेरै जाडो हुन्छ, न्यानो राख्ने कुनै उपाय छैन,” फाराले भने । नवजात शिशुका लागि जोखिम विशेष गरी तीव्र रहेको बताउँदै उनले अगाडी भने, “धेरै आमाहरू कुपोषणको सिकार हुन्छन् जसले गर्दा उनीहरूका बच्चाहरूले खाने दूधको गुणस्तरमा असर पार्छ ।”

मृत्यु भएकी तीन हप्ताकी बालिका सिला अल–फसीह खान युनिस नजिकै भूमध्यसागरीय तटमा रहेको अल–मावासी टेन्ट शहरमा बस्दै आएका छन् । बालिकाका बुबा महमुद अल–फसीहले एएफपीसँग भने, छोरीले रातभर स्तनपान गरेकी थिइन् तर बिहान ‘जिब्रो काटेको र रगत बगेको’ देखिएको थियो ।” “हामीले उनलाई डाक्टरकहाँ लग्यौं, जसले हामीलाई चिसोका कारण यस्तो भएको बताए र यस्तै लक्षण भएका धेरै केसहरू देखिएका छन्।” फासीहले भने, “अत्यधिक जाडो बढेको छ । बस्नका लागि पाल उपयुक्त छैन। बच्चाहरू सधैं बिरामी हुन्छन्।”

बिज्ञापन

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन् । इजरायलको मौसम सेवाका अनुसार हालैका दिनहरूमा गाजाको तापक्रम रातको समयमा आठ डिग्री सेल्सियससम्म झरेको र युद्धका कारण घरबास गुमाएका प्यालेष्टिनीले चिसोमा पनि पालमा बस्नुको विकल्प छैन ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते