होमपेज > शेयर निष्कासन गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

शेयर निष्कासन गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

बिज्ञापन
बिज्ञापन

मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बिज्ञापन

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ। अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

बिज्ञापन

हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने र सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको बाटो पनि खुला गर्नेछ। अन्य बैंक तथा वित्तीय संस्था मर्जरका लागि उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्दै काठमाडौंको कमलादीबाट लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते