होमपेज > विपरीत दिशा जाँदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा: मोटरसाइकल चालकको मृत्यु

विपरीत दिशा जाँदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा: मोटरसाइकल चालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो साढे १ बजेतिर भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन्।

बिज्ञापन

घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिए।

बिज्ञापन

दुर्घटनामा घाइते हुनेहरू रोल्पा त्रिबेणी गाउँपालिका–४ बस्ने बर्ष २८ का बीरबहादुर डाँगी, राप्ती गाउँपालिका–५ बस्ने बर्ष ३१ का प्रेम सुबेदी, तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डी बस्ने बर्ष ४५ की देवा बिक, तुलसीपुर–१६ बस्ने बर्ष ५४ की सिताकुमारी अधिकारी,तुलसीपुर–१९ बस्ने बर्ष ३८ की तुलसा खड्का रहेका छन्।

त्यसैगरी घोराही उपमहानगरपालिका–९ बस्ने बर्ष ६० का बलबहादुर डाँगी,घोराही–५ बस्ने बर्ष २४ की साबित्रा बस्नेत,घोराही– ३ बस्ने बर्ष ३४ का रामसिंह चौधरी, घोराही–१२ बस्ने बर्ष ३७ का नरबहादुर वली, घोराही–९ बस्ने बर्ष २२ की सिता बिश्वकर्मा र घोराही– १५ बस्ने बर्ष २४ का दिप परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी बर्ष ५३ का गोपाल बिकलाई नियन्त्रणमा लिएर घटना बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते