होमपेज > वडाध्यक्षमाथि धारिलो हतियार प्रहार गरी आक्रमण

वडाध्यक्षमाथि धारिलो हतियार प्रहार गरी आक्रमण

बिज्ञापन
बिज्ञापन

कालीकोटको महावै गाउँपालिका- ३ का वडाध्यक्ष पदमबहादुर सिंहमाथि आज बिहान ४ जनाको समूहले हातपात गरेको छ।

बिज्ञापन

घरमै बसिरहेको बेला वडाध्यक्ष सिंहमाथि चार जनाको समूहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको हो। मदिरा सेवन गरेको आरोप लागेका जीवन सिंह, तारा सिंह, टोप सिंह, र घमन्ड शाहीको समूहले धारिलो हतियार प्रयोग गरेर वडाध्यक्ष सिंहमाथि आक्रमण गरेको बताइएको छ।

बिज्ञापन

टाउकोमा गहिरो चोट लागेपछि सिंहलाई जिल्ला अस्पताल कालीकोटमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। महावै गाउँपालिकाले यस घटनाप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणका रूपमा व्याख्या गरिएको छ। दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ।

आक्रमणपछि आरोपितहरू फरार रहेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते