नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
बिज्ञापन
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। विगत तीनदिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेका अमेरिकी डलरको मूल्य पनि आज थोरै घटेको छ। विगत चार दिनदेखि अस्ट्रेलियन डलरको मूल्य लगातार गिरावट आइरहेको छ। आज पाउन्ड स्ट्रर्लिङको मूल्यमा पनि उच्च गिरावट आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा छ।
बिज्ञापन
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा थियो। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ५० र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८८ र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा थियो।








