काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित शिव मन्दिर हाइटमा लागेको आगो नियन्त्रणमा आएको छ।
बिज्ञापन
बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उपत्यकामा रहेका दमकलको प्रयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्षतिको विवरण भने आइसकेको छैन।
बिज्ञापन
आगलागीबाट घर पूर्णरुपमा जले पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।








