लक्ष्मी सनराइज बैंक लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बिज्ञापन
बैंक सञ्चालक समितिको १ पुसमा बसेको ३००औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस शेयर ५ प्रतिशत दिइने छ। यो भनेको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता शेयर हो।
बिज्ञापन
त्यसैगरी बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख ५४ हजार ४ सय २९ को हकमा बोनस शेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ। यो भनेको ६ करोड १० लाख १८ हजार ८ सय २८ रुपैयाँ बराबर हो।
सञ्चालक समिति बैठकले २४ पुसमा बैंकको २४औं वार्षिक साधारणसभा गर्ने र शेयर दाखिला खारेज १७ पुस एकदिन हुने जनाएको छ।








