होमपेज > माछापुच्छ्रे बैंकका सीईओ कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष बन्दै

माछापुच्छ्रे बैंकका सीईओ कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष बन्दै

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स एशोसिएसनको अध्यक्ष बन्ने पक्का भएको छ।

बिज्ञापन

वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो। त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन्।

बिज्ञापन

संघमा अध्यक्ष, उपाध्यक्ष र आठ जना सदस्य रहने व्यवस्था छ। बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमा अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ।

यस पटकको साधारण सभाबाट अध्यक्षमा कोइराला नियुक्त हुने भएसँगै उक्त पद खाली हुन लागेको हो। सो पदमा सुरेन्द्र रेग्मी चयन भएका हुन्। नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदै छन्। त्यसबाहेक एक सदस्य अहिले खाली छ। उक्त ठाउँमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध भएका छन्।

बिज्ञापन

अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन्। उम्मेदवारीका लागि आजसम्म मनोनयन दर्ता गर्ने समय थियो। संघको साधारण सभा बुधवार हुँदै छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते