नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो। शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।
बिज्ञापन
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो।








