होमपेज > काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

बिज्ञापन
बिज्ञापन

शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ।

बिज्ञापन

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

बिज्ञापन

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ। ‘पोस्ट मनसुनबाट जाडो सिजनतर्फ जाँदै गर्दा मौसमी प्रणाली त्यति सक्रिय नभएकाले आकाशमा बादल छैन। बादल नहुँदा दिउँसो तापक्रम अलि माथिसम्म पुग्ने भयो। खुल्ला आकाश हुँदा न्यूनतम तापक्रम पनि बिहानमा झर्ने हुन्छ,’ मौसमविद अधिकारीले भने।

उनले दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेको तर न्यूनतम तापक्रम ओरालो लागिरहेको बताए। काठमाडौंमा शनिबार १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ। अघिल्लो सिजनमा पनि मौसम र तापक्रम करिब करिब यसैपालिको अनुसार भएको पनि मौसमविद अधिकारीले जानकारी दिए।

बिज्ञापन

यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते