होमपेज > घट्यो आलु र प्याजको मूल्य, यस्तो छ आजको तरकारीको बजार भाउ

घट्यो आलु र प्याजको मूल्य, यस्तो छ आजको तरकारीको बजार भाउ

बिज्ञापन
बिज्ञापन

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालीमाटीमा आज आलु, प्याज, च्याउ, गाँजर भन्टासहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। स्कुस प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।

बिज्ञापन

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७३, सेतो आलु ६२, सुकेको भारतीय प्याज ९३, तराईको गाँजर ९५, लोकल बन्दा ५५, तराईको काउली ५३, मुला ३५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी भन्टा ४५, तनेबोडी ११०, मकै बोडी ४५, लौका ५५, परबल ७५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा ११५, भारतीय ठूलो गोलभेँडा ९५, रातो आलु ७३, पुकेको भारतीय प्याज ९५, गाँजर ११०, तराईको बन्दा ४५, स्थानीय काउली ७०, तराईको काउली ६५, रातो र सेतो दुवैखाले मुला ३५, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरी हिजो तने बोडी ११०, मकै बोडी ५५, करेला ११०, लोकल परबल ५५, तराईको परबल ७५, पाकेको फर्सी ५५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, चम्सुरको साग ९५, कन्य च्याउ १८०, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते