आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्यभने स्थिर रहेको छ। आज प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आईतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।








