होमपेज > ‘पुष्पा २’ हेर्न दर्शककाे शुक्रबारदेखि शनिबारसम्मै हलहरूमा उछाल,तीन दिनकाे कमाइ कति?

‘पुष्पा २’ हेर्न दर्शककाे शुक्रबारदेखि शनिबारसम्मै हलहरूमा उछाल,तीन दिनकाे कमाइ कति?

बिज्ञापन
बिज्ञापन

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त ‘ब्लकबस्टर’ कमाइ गरेको छ । शुक्रबारदेखि शनिबारसम्मै हलहरूमा दर्शकीय उछाल देखियो ।

बिज्ञापन

फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशब्यापी ७ करोड ८५ लाख ग्रस कमाएको स्रोतले जनाएको छ । त्यसपछि रात्रीकालिन शो समेतको १ करोड जोड्दा फिल्मको ३ दिने ग्रस कलेक्सन ८ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारीमा हुन आउँछ । ‘यो ब्लकबस्टर कमाइ हो । तर, यसले लगानी उठाउन पनि अर्को साता पनि यस्तै उछाल ब्यापार गर्नुपर्छ’ स्रोतले भन्यो । तीन नेपाली वितरकले यो फिल्मलाई झण्डै ७ करोड मूल्यमा नेपाल ल्याएका हुन् । यसअनुसार लगानी उठाउन पनि फिल्मले २२ करोड ग्रस कमाउनैपर्छ ।

बिज्ञापन

अहिलेसम्मकै महंगो मूल्यमा सुकुमार निर्देशित फिल्म नेपाल भित्रिएको हो । यो फिल्म विहिबारदेखि नेपालका हलमा रिलिज भएको हो । यदि थ्रीडी संस्करण रिलिज भएको भए फिल्मको ग्रस अझै धेरै हुन सक्थ्यो । ‘पुष्पा २’मा अल्लु अर्जुन, रश्मिका मन्दाना लगायतका कलाकारको अभिनय छ । फिल्मले भारत र अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्मकै उच्च ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते