मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग २३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१७ डेभिडफल्स बस्ने २२ वर्षीय विजय थापालाई प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन
उक्त मोटरसाइकल गत मंसिर ५ गते साँझ चोरी भएको थियो। घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा विजयले उक्त मोटरसाइकल चोरी गरी केही पार्टपुर्जा आफ्नो ग १६ प १४६२ नम्बरको मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कोठामा लुकाई छिपाई राखेको भेटिएको छ।
पक्राउ परेका थापामाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।








