भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्।
बिज्ञापन
राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो। बसमा करिब ३५ यात्रु सवार थिए। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।








