सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन
उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन्। पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ। यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन्। यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए। अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन्।
बिज्ञापन
यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन्। सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए। सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो।








