सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बैंककै अन्य संस्थापक सेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
उक्त शेयर को न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ। सो मूल्यमा शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको समयसीमाभित्र संस्थापकबा टशेयर खरिदका लागि आवेदन नपरेमा शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।








