के तपाईंलाई थाहा छ? सखरखन्डा खानु स्वास्थयको लागि निकै फाइदाजनक मानिन्छ। जाडो महिना बढेसंगै सखरखन्डाको प्रयोग सुरु हुन्छ। हामीले खाने सखरखन्डा गाउँ बजारमा सजिलै पाउन सकिन्छ।
बिज्ञापन

बिज्ञापन
सखरखन्डा जरामा फल्ने पौष्टिक र स्वादिष्ट तरकारी हो। यसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसमा फाइबर, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा पाइन्छ। जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ।
सखरखन्ड खानुका फाइदाहरूः
बिज्ञापन
१-ऊर्जाको राम्रो स्रोतः

यसमा कार्बोहाइड्रेट र फाइबरको मात्रा निकै धेरै हुन्छ। यसका कारण पनि यसलाई ऊर्जाको राम्रो स्रोत भनिएको हो। यो खाएपछि लामो समयसम्म भोक नियन्त्रणमा रहन्छ।
२-आँखाका लागि फाइदाजनकः

सखरखन्डमा भिटामिन ए (बिटा क्यारोटिन) प्रचुर मात्रामा पाइन्छ, जुन आँखाको स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ। यसले रातन्धोपन जस्ता समस्याबाट पनि बचाउन मद्दत गर्छ। साथै यसमा पाइने भिटामिन ए र ईले छालालाई चम्किलो बनाउन मद्दत गर्छ र कपालको विकासका लागि पनि यो फाइदाजनक हुन्छ।
३-आन्द्राको स्वास्थ्यको लागिः

सखरखन्डा पेटको स्वास्थ्यको लागि उत्कृष्ट हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनलाई राम्रो राख्छ र कब्जियत जस्ता समस्याबाट बचाउँछ।
४-मधुमेहमा पनि फाइदाजनकः

आलुको ग्लाइसेमिक इन्डेक्स (जीआई) निकै कम छ। यसलाई खाँदा रगतमा चिनीको मात्रा छिटो बढ्दैन। यसको मतलब यो मधुमेह रोगीहरूको लागि राम्रो खानेकुरा हुन सक्छ। यसको हलुका गुलियोपनले मधुमेहको बिरामी के गुलियो खाउँ भन्ने लालसा पनि पूरा हुन्छ।
५-प्रतिरक्षा प्रणाली बढाउँछः

सखरखन्डामा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ। यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसले तपाईंलाई फ्लूको शिकार हुनबाट पनि बचाउँछ। पोटासियम र म्याग्नेसियम पाइने भएकाले यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। यसको मतलब यो तपाईंको मुटुको स्वास्थ्यको लागि पनि निकै राम्रो आहार हो।
-यसरी खानुस् सखरखन्डा:
सखरखन्डा तरकारीको वर्गमा पर्ने भएपनि नेपालीका भात भान्सामा यो तरकारीमा प्रयोगमा आउँदैन। यसलाई उसिनेर वा पोलेर खान सकिन्छ। यसलाई बफ्याएर, ओभनमा बेक गरेर वा भुटेर पनि खान सकिन्छ।
सखरखन्डा प्राकृतिक रूपमै गुलियो हुन्छ। तसर्थ, तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकाले समावेश गर्न सक्नुहुन्छ। सखरखन्डालाई तिल्लो (नारियल तेल, जैतूनको तेल वा एभोकाडो)सँग खानु लाभदायक हुन्छ। यसरी खाँदा सखरखन्डामा पाइने फ्याट–सोल्यूएबल न्यूट्रिएन्ट बीटा–क्यारोटिन पचाउन सहज हुन्छ।
-यो पनि पढ्नुहोस्:
के तपाईंलाई रायोको साग मन पर्छ? यस्ता छन् रायो खानुका फाइदाहरु








