नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ। साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा अडिएको हो।
बिज्ञापन
यस दिन बजारमा २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयरको खरिद बिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारका दिन ४.९८ अंकले बढेको नेप्से २७५३.७६ को बिन्दुमा बन्द भएको थियो।
बिज्ञापन
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्। आज यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, कारोबारका आधारमा नाग्दी ग्रुप पावर लिमिटेड ४६ करोड ६८ लाख ९९ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ।
मंगलबार उपसमूहतर्फका १३ वटै सूचकहरू घटेका छन्।








