आज सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।
बिज्ञापन
सरकारले पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको हो। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
बिज्ञापन
बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ। आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ।
बिज्ञापन








