नेपाली सेनाको हेलिकोप्टरमार्फत् दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ।
बिज्ञापन
दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई उपचार गर्न धनगढी ल्याइएको हो। घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
बिज्ञापन
नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो। तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो। पछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो। त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पुर्याइएको हो।
‘धनगढी विमानस्थलमा पहिल्यैदेखि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो। तर घाइतेहरु ल्याएको हेलिकप्टर कभर्डहलमा अवतरण गरेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘मिस कम्युनिकेसनले गर्दा त्यस्तो भयो ।’
बिज्ञापन
हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्याएको हो।
-यो पनि पढ्नुहोस्:
दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)








