होमपेज > सिन्धुलीमा एक जनामाथि गोली प्रहार, तीन जना फरार

सिन्धुलीमा एक जनामाथि गोली प्रहार, तीन जना फरार

बिज्ञापन
बिज्ञापन

सिन्धुलीको हरिहरपुरमा एक जनामाथि गोली प्रहार भएको छ। मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार भएको हो।

बिज्ञापन

उनका अनुसार ३ जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनलाई रोकी छोटो हतियार (कट्टा) प्रहार गरेका थिए। गोली प्रहार गरेसँगै तीनै जना फरार रहेको प्रहरी उपरीक्षक खड्काले बताए। बोम्जनसँगै सवार रहेका उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन्।

गोली प्रहारबाट मोटरसाइकल चलाइरहेका बोम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ। गोली प्रहारबाट घाइते भएका बोम्जनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए। बोम्जनको अवस्था सामान्य रहेको उनको भनाई छ। गोली प्रहार गरी फरार रहेका समूहको खोजीकार्य भइरहेको उनले बताए।

बिज्ञापन

बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते