प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन्।
बिज्ञापन
कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन्। कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन्। सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए।
बिज्ञापन
खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए। खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन्। खत्रीले देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन्।








