होमपेज > नेपाल राष्ट्र बैंकद्धारा दुई बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकद्धारा दुई बैंकलाई कारबाही

बिज्ञापन
बिज्ञापन

नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई कारबाही गरेको छ। एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन

पहिलो त्रैमासमा राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो। खाता खोल्दारसञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकाले उक्त बैंकलाई कारबाही स्वरुप सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ।

बिज्ञापन

यस्तै, मितेरी डेभलपमेन्ट बैंकलाई पनि राष्ट्र बैंकले कारबाहीमा परेको छ। मितेरी बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको हो।

उक्त संस्थालाई राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते