तनहुँमा एक जनाको हत्या भएको छ।
बिज्ञापन
तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ। समान्य विवाद हुँदा भएको चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको मृत्यु भएको हो। चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिज्ञापन
पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए। खाना बनाउने विषयमा सामान्य विवादहुँदा थापाले तामाङमाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।








