लक्ष्मी पूजाको साँझ बिहीबार काठमाडौंको एक पसलमा आगलागी भएको छ।
बिज्ञापन
काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो।आगलागीबाट करिब चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।
बिज्ञापन
दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।








