गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ।
बिज्ञापन
नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका- ४ लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता हुनुभएको थियो। बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उहाँको शव देखेर प्रहरीलाई खबर गरेका थिए।
बिज्ञापन
उहाँको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्ट गरिएको र शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो। क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कदै थिए।
फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता हुनुभएको थियो। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।








