आज सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ। यो सुनको अहिलेसम्मको उच्च मूल्य हो। यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








