होमपेज > लुम्बिनी विकास बैंकद्वारा वर्दघाटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकद्वारा वर्दघाटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

लुम्बिनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आइरहेको ‘ग्लोबल मनि विक–२०२५’ को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले  ‘Think Before You Follow, Wise Money Tomorrow’ भन्ने नाराका साथ वर्दघाटस्थित न्यु लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

बिज्ञापन

बैंकमा कार्यरत शाखा प्रबन्धक विक्रम गौतमले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनले वित्तीय साक्षरताको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, बचत, डिजिटल बैंकिङ, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवाको बारे अभिमुखीकरण दिएका थिए।

कार्यक्रममा सहभागीको तर्फबाट प्रिज्मा ज्ञवालीले वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा बैंकलाई हार्दिक कृतज्ञ ज्ञापन गरेकी थिइन्। देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ।

बिज्ञापन

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते