कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बिज्ञापन
बुद्धभुमी नगरपालिका–२ पुरेनामा गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए।
बिज्ञापन
उक्त घटनामा परी सोही नगरपालिका–३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।








