देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशाआसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
बिज्ञापन
कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
बिज्ञापन
पहाडी भू-भागका एक-दुई स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। विभागले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ।








