होमपेज > लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना पक्राउ

लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना पक्राउ

बिज्ञापन
बिज्ञापन

लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनार गहनासहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए। विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा शुक्रवार सीमावर्ती भारतीय बजार बैरगनियाबाट आउँदै गरेका साहमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो।

बिज्ञापन

मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको ७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना चेकजाँचमा बरामद गरिएको प्रवक्ता रायले बताएका छन्।

गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कनसहित आरोपी साहलाई गहना मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते