होमपेज > रात्रिकालिन बजार मेला हुँदै

रात्रिकालिन बजार मेला हुँदै

बिज्ञापन
बिज्ञापन

एकपछि अर्को मेला लगातार गर्दै आएको ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले यही कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला आयोजना गर्ने भएको छ।

बिज्ञापन

महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा सो मेला आयोजना गर्न लागिएको वडाका महिला सदस्य बबिता श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए। कार्यपालिका सदस्य समेत रहेका श्रेष्ठले वडाले आयोजना गरिएको रात्रिकालीन बजार मेलाले रात्रिकालीन बजार मेलाको अवधारणालाई कार्यान्वयन र व्यापक गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे। वडाको महिला कमिटीले यस अघि गत असार ११ र १२ गते नागबहालमा रात्रिकालीन बजार मेला आयोजना गरेको थियो।

बिज्ञापन

त्यसको अनुभवबाट सिक्दै अहिले मेला गर्न लागिएको पनि श्रेष्ठको भनाई रहेको छ । मेलामा महिलाद्वारा उत्पादित करिब ८० वडा स्टल रहने बताइएको छ। मेलामा वडाको कलाकार समितिद्वारा विविध सांस्कृतिक प्रस्तुत गरिने छ। ललितपुरको पुरानो धपगाल बजार (सस्तो बजार) दिनप्रतिदिन सुक्दै गएको स्थितिलाई त्यस स्थानको चहलपहल बढाउन मेलाले टेवा पुर्‍याउने दाबी वडा कार्यालयको रहेको छ।

सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले रात्रिकालीन बजार मेलामा बेलाबखत चर्चा हुने गरेपनि त्यस दिशामा ठोस काम नभइरहेको स्थितिमा वडाले सो मेलाले गर्न लागिएको बताए। मेला सरोकारवाला, सम्बद्ध पक्षलाई रात्रिकालीन बजार मेलाको लागि आवश्यक पूर्वाधार र तयारी गर्न प्रेरित गर्ने पनि वडाअध्यक्ष शाक्यको विश्वास रहेको छ।

बिज्ञापन

वडामा जनप्रतिनिधि बहालभएदेखि नै दशैं मेला, कला संस्कृति महोत्सव, बुबहाल मेला, युवा मेला गरी विभिन्न मेला गर्दै आएको छ। ती मेलाहरूले स्थानीयमा बजार प्रवर्द्धन चेतना जाग्रत गरेको पनि वडाअध्यक्ष शाक्यको कथन रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते