फ्राईडे रिलिज अन्र्तगर्त आज कार्तिक ९ गते शुक्रवारदेखि अर्जुन कुमारको नयाँ फिल्म सानो संसार पुनः प्रदर्शनमा आएको छ।
बिज्ञापन
आज (शुक्रबार) देखि सिनेमाघरमा ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ। यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि तीन दिनमै हलबाट उतारिएको यो फिल्मलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शनमा ल्याइएको हो। यो फिल्मको पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो।
बिज्ञापन
सो प्रिमियरमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, कलाकार हिमेश पन्तसहित केही हास्य कलाकारहरू तथा फिल्मका अन्य कलाकारहरूको उपस्थिति थियो।
निर्माता अर्जुनकुमार र माधव वाग्लेको निर्माणमा बनेको ‘सानो संसार’ले पहिलो प्रदर्शनका बेला नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो। फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नुभएको छ। यो फिल्ममा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका छ।








