होमपेज > गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु

गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु

बिज्ञापन
बिज्ञापन

पूर्वी रोल्पाको सुलिचौर नजिकै रहेको सुनिल स्मृति गाउँपालिका-४ कागडाँडामा डबल क्याब गाडी दुर्घटना हुँदा २ दिनकाे नवजात शिशुको मृत्यु भएको छ । बुधबार बिहान पौने ५ बजेतिर भएको दुर्घटनामा शिशुको उपचारका क्रममा बिहान पौने ७ बजे स्थानीय सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्यूठानबाट रोल्पाको सुलिचौर तर्फ आउने क्रममा लु ३ च १६५६ नम्बरको डबल क्याब गाडी भालुबाङ(लिवाङ सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त गाडीमा ४ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको स्थानीय सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारका लागि लगिएको थियो । मृतक शिशु लुङग्री गाउँपालिका-१ छिउधर निबासी अमृत रोकाको २ दिने नवजात शिशु छोरा थिए । प्रहरीका अनुसार रोका श्रीमतीसहित सुत्केरीको लागि प्युठान अस्पतालमा पुगेका थिए। उनी उक्त गाडीबाट घरमा फर्कने क्रममा थिए ।

बिज्ञापन

दुर्घटनामा घाइतेको उपचार भइरहेको उद्दारमा खटिएका सुलिचौर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिए । गाडीका चालक लुङग्री गाउँपालिका-१ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर बिष्टसमेत घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ भने मध्यम अवस्था रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते